बिष्णु खडका, रेडियो कैरन ९६.४ मेगाहर्ज, बाम्तीभण्डार, ४ देउराली, रामेछाप “म सन १९९६ मा कामको लागि दक्षिण कोरिया पुगेको थिएँ । त्यहाँ काम गर्दा गर्दै त्यहाँ प्लास्टिकका घरहरु देखेँ । ती घरहरु के का रहेछन भन्ने मलाई जिज्ञाशा लाग्यो । एक दिन विदाको दिन घुम्दै ती घरहरुमा पुगे । जाँदा त प्लास्टिकको घर भित्र तरकारी खेति पो गरीएको रहेछ । मलाई पनि नेपाल फर्कएि पछि गाउँ गएर यस्तै गर्छु भन्ने लाग्यो । २३ महिना काम गरेपछि म कोरियामा बिरामी परेँ । त्यसैले घर फर्कन पर्ने भयो । घर आएपछि तरकारी खेति सुरु गरेँ, अहिले यतिको भएको छ”– रामेछापको बाम्ति गाविसका व्यवसायीक तरकारी कृषक दमसर्की शेर्पाले आपूmले तरकारी खेति गर्नुको पृष्टभूमि बारे सुनाउनु भयो । बाम्ती गाविसका किसान दमसर्की शेर्पा अहिले सो क्षेत्रका व्यवसायीक र मेहनेति तरकारी खेतिगर्ने किसानको रुपमा परिचित हुनु भएको छ । शेर्पाले आफ्नो बारिमा व्यवसायीक रुपमा प्लास्टिक घर भित्र तरकारी खेति सुरु गर्नु भएको छ । उहाँले आफ्नो व्यत्तिगत लगानिमा १२ वटा प्लास्टिकका घरहरु निर्माण गरी तरकारी खेति लगाउनु भएको छ । १० वर्षदेखि व्यससायीक तरकारी खेति गर्ने शेर्पाले मौशमी तथा वेमौशमी तरकारी लगाएर राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । “मरो प्लास्टिक घरमा १२ महिना नै तरकारी हुन्छ । सिजन अनुसार काउली, बन्दा, मुला, गाँजर, विभन्न जातका साग, गोलभेडा, तितेकरेला लगायतका मौशमी र वेमौशमी तरकारी उत्पादन हुन्छ । अंगुर पनि लगाएको छु । यसको उत्पादन पनि राम्रो भयो । मौशमी भन्दा पनि बेमौशमी उत्पादन गर्दा बजारमा राम्रो भाउ पाइने रहेछ । सिजनमा सबैले तरकारी निकालेका हुन्छन् । प्लास्टिक घर भित्र जुनसुकै मौशममा पनि तरकारी उत्पादन गर्न सकिन्छ । यसले गर्दा बजार हेरेर तरकारी लगाएर उत्पादन गर्ने गरेको छु”– उहाँले भन्नु भयो । शेर्पाले उत्पादन गरेको तरकारी स्थानीय बजारको साथै दोलखाको जिरी बजार, चरिकोट, तथा काठमाडौँसम्म पुग्ने गरेको छ । काठमाडौँबाट सामान लिएर आउने ट्रकहरु रित्तै फर्कने भएकोले बजारसम्म सामान पु¥याउन कुनै समस्या नहुने शेर्पा बताउनु हुन्छ । तरकारी खेतीबाट वार्षकि ४ लाख रुपैयाँ आपूmले कमाउने गरेको शेर्पाले बताउनु भयो । उहाँले तरकारी खेतिलाई बढाउँदै लैजानु भएको छ । पहिला एक्लै काम गर्ने शेर्पाले अहिले तरकारी खेतिमै काम गर्नको लागि २ जना कामदार समेत राख्नु भएको छ । घरमा नै तरकारी तथा तरकारीका वेर्ना समेत उत्पादन गर्ने गरेको उहाँले बताउनु भयो ।“नजिकै वेर्ना पाईँदैन । वेर्ना पनि आपूmले नै उत्पादन गर्छु । पहिला आपूm एक्लै गर्दथेँ । अब आपूmले मात्र न सक्ने भएँ । यस वर्ष ५० प्रतिशत अनुदानमा टयक्टर पनि लिएको छु । खेति पनि बढाएको छु । अझै यसलाई विस्तार गर्ने बिचार गरेको छु । त्यसैले काम गर्ने मान्छेहरु पनि राखेको छु”– उहाँले भन्नुभयो । शेर्पाले तरकारी खेतिसँगै पशु पालन व्यवसाय पनि सुरु गर्नु भएको छ । उहाँको गोठमा अहिले ३ वटा उन्नत जातका दुध दिने गाईहरु छन् । त्यस्तै एउटा भैसी पनि छ । यसबाट पनि उहाँले राम्रै आम्दानी गर्नु भएको छ । “ तरकारी लगाउन मल नभई हँदैन । हुनत मलका लागि गड्यौला पनि पालेको छु । त्यसको मलले मात्र पुग्दैन । त्यसैले मलका लागि वस्तु चाहियो । त्यसोभए किन दुवै पेशा नगर्ने भनेर उन्नत जातका गाई ल्याएको छु । अब यीनको पनि संख्या बढाउँदै लान्छु । यसो गर्दा मल पनि पर्याप्त हुन्छ । दुध, दहि र घिउ बिक्रिबाट आम्दानी पनि गर्न सकिन्छ”– शेर्पाले भन्नुभयो । नेपालमा भारत तथा चिनबाट करोडौँ रुपैयाँको तरकारी भित्री रहेको छ । व्यवसायीक रुपमा तरकारी खेति गर्ने हो भने नेपालले तरकारी किन्ने हैन विदेशमा तरकारी निर्यात गर्न सक्ने उहाँको भनाई छ । तर यसको लागि सरकारको निति राम्रो हुनुपर्ने उहाँ बताउनु हुन्छ । “ सरकारले अनुदान दिनु प¥यो । काम गर्छु भन्नेलाई सघाउनु प¥यो । यहाँ त गलत मानिसहरुलाई प्रश्रय दिने काम हुन्छ । वास्तविक मानिसरुको हातमा सेवा पुग्दैन । यदि सहि मानिसहरुलाई राज्यले लगानि गर्ने हो भने तरकारी खेतिबाटै नेपाललाई सम्पन्न गराउन सकिन्छ”– शेर्पाले भन्नुभयो । दमसर्की शेर्पा व्यवसायीक खेतिका नमुना कृषक बनेका छन् । यस्ता नमुना कृषक उत्पादन गर्ने र काम गरी रहेका कृषकहरुलाई राज्यले सहयोग गरे देशको आर्थकि विकासमा यसले सहयोग पुग्ने छ ।