रेडियो कैरन ९६.४ मेगाहर्ज बाम्तिभण्डार, फागुन ५, २०७० रामेछापका जिल्ला लगायत आसपासका क्षेत्रमा गत दुईदिन देखि बषार्त सँगै भारी हिँउपातले खेतीपाती गर्ने कृषकहरुलाइ निकै फाइदा भएको उनीहरुले बताउनुभएको छ । यसबर्षा पानी नपर्दा रामेछाप,ओखलढुङगा,सोलुखुम्बु ,दोलखा लगायत विभिन्न जिल्लाका कृषकहरु धेरै चिन्तित भएका थिए । तर गत दुईदिन देखि परेको हिमपातले कृषकहरु रमाएका छन् । अस्तीको वेलुकी देखि नै हल्का हिँउ र पानी पर्न सुरु गरेको थियो । भने हिजो दिँउसो र बेलुका भने रामेछापको बाम्तिभन्डार, सोलुखुम्बुको गोली गुम्बा, ओखलढुङगाको खिजिकातीको चर्नालु, रामेछापको प्रितीको च्यादलु लगायत आसपासका क्षेत्रमा पनि बर्षा सँगै हिमपात परेको थियो ।